Friday, January 30

नगरपालिका बारे नयाँ जानकारी !!!

*.२०७१ मंसिर १६ गतेको मन्त्रिपरिषदको निर्णयबाट सरकारले थप 61 वटा नगरपालिका घोषणा गरेको छ ।
*.यो सँगै नेपालमा नगरपालिकाको संख्या 191पुगेको छ ।
*.सबै भन्दाबढि नगरपालिका भएको जिल्ला : काठमाडौं [ 11 वटा ]
*.गाविसविहिन जिल्ला : 2 वटा
[ काठमाडौं र भक्तपुर ]
*.नगरपालिका विहिन जिल्ला : 8 वटा
(मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला,
कालीकोट, मुगु, डोल्पा, रसुवा)
*.पछिल्लोपटक 61 नगरपालिका घोषणा हुँदा 258 गाविस गाभिएका छन् ।
*.यसैपालि 23 नगरपालिकाको क्षेत्रफल बिस्तार गर्दा थप 91 गाविस नगरमा
[ थप 7 उपमहानगरपालिकामा जम्मा 34 वटा गाविस & पुराना 16 वटा नगरपालिकाहरुमा जम्मा 57 वटा गाविस ] गाभिएकाले गाविसको संख्या घटेको छ ।
*.अब देशभर गाविसको संख्या 3 हजार 2 सय 76 रहेका छन !
*.अब नेपालको कुल जनसंख्याको करीव 37 [36 दशमलव 8 ] प्रतिशत जनता शहरबासी ।
*.थपिएका ६१ नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा छ ।(१ लाख ७ हजार ९ सय १८)
*.सबैभन्दा कम जनसंख्या इलामको देउमाई नगरपालिकामा छ ।(१० हजार ९ सय ६४)
*.यो भन्दा अगाडि सरकारले २०७१ बैशाख २५ को निर्ण्यबाट ७२ वटा नगरपालिका थप गरेर नगरपालिकाको संख्या १३० पुर्याएको थियो ।
*.थप उपमहानगरपालिका संख्या : 7 वटा
*.जम्मा उपमहानगरपालिका संख्या : 11 वटा
[ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा
हैटौंडा, जनकपुर, इटहरी, बुटवल,
भरतपुर, नेपालगन्ज र धरान ]
*.थप उपमहानगरपालिकामा गाभिएका जम्मा गाविस संख्या : 34 वटा
*.हैटौंडा, जनकपुर, इटहरी, बुटवल,
भरतपुर, नेपालगन्ज र धरान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरिएको
*.एउटै जिल्लामा 2 वटा
उपमहानगरपालिका भएको जिल्ला :
सुनसरी [ इटहरी र धरान ] Thanks for BP Gautam.

No comments:

Post a Comment